पोर्न स्टारसँगको सम्बन्धबारे पहिलोपटक मुख खोले राष्ट्रपति ट्रम्पले, के हो वास्तविक कुरा?

एजेन्सी, अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तत: एडल्ट स्टारको मामिलामा आफ्नो मौनता तोडेका छन् । मंगलबार उनले २ महिना देखीको मौनता तोड्दै उनले पोर्न स्टारको आरोपलाई नकारेका छन् । ट्रम्प भन्छन्, “१३०,००० डलरको कुनैपनि पेमेन्ट दिईएको छैन ।” जब एक पत्रकारले अमेरिकी राष्ट्रपतिसँग के तपाईले एक्ट्रेसलाई फ्ल्याट किनिदिनु भएको थियो भनेर प्रश्न गरियो तब उनले यो कुरालाई सिधै नकारेका छन् । उनले साल २०१६ मा भएको राष्ट्रपति चुनाव भन्दा पहिले पोर्न स्टारलाई कुनैपनि पेमेन्ट नगरेको बताएका छन् ।

एडल्ट स्टार स्टेफनी क्लिफोर्ड जसको स्क्रीन नाम स्टोर्मी डेनियल्स हो। केहि समय पहिले उनले दाबी गरेकी थिइन् कि, राष्ट्रपतिसँगको आफ्नो अफेयरको कुरालाई लुकाउनको लागी पैसा दिईएको थियो । ट्रम्पको लामो समयदेखी वकील रहेका माइकल कोहेनले पनि यस कुराको स्वीकार गरेका थिए कि ट्रम्पले उनलाई पैसा दिएका हुन्, तर कुन बिषयको दिइएको भने बताएका थिएनन् । उनले डैनियल माथी सम्झौताको उल्लंघन गरेको आरोप लगाएका थिए । राष्ट्रपतिले पेमेन्ट गरेको कुरा आफुलाई थाहा नभएको बताएका छन्। साथै ट्रम्पले पेमेन्टको कुरा आफ्नो वकीललाई सोध्न आग्रह गरेका छन् ।

जब ट्रम्पसँग कोहेनद्वारा गरिएको पेमेन्टको पैसा कहाँबाट आयो भनेर प्रश्न गरियो तब उनले आफूलाई थाहा नभएको बताए । राष्ट्रपतिको यस बयान पछि तुरुन्तै डैनियलको वकील माइकल अवेनट्टीले चुनौती दिएका छन् । उनले ट्वीट गरेर भने “हामी हेरिरहेका छौ कि ट्रम्पको बयानमा कत्तिको सत्यता छ । उनलाई १३०,००० डलरको पेमेन्टको बारेमा कुनैपनि जानकारी रहेनछ ।” वास्तविक कुरा भने अझै खुल्न सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *