एक अर्ब सूर्यहरु अटाउने अति विशाल ब्ल्याकहोलहरु देखिए, खगोलशास्त्रीले पनि कारण पत्ता लगाउन सकेनन्

रह्माण्डका सुरुवाती अवस्थामा विशाल ब्ल्याकहोलहरुको अस्तित्वबारे खगोलविदहरु त्यति आश्चर्यचकित र जिज्ञासु थिएनन्, जति आज छन् ।

सन् २००६ यता मात्रै करिब एक बिलियन अर्थात् एक अर्ब सूर्यहरु अटाउने यस्ता अति विशाल ब्ल्याकहोलहरु देखिएका छन्, जब कि ब्रह्माण्ड नै चाहिँ करिब एक अर्ब वर्ष मात्रै भएको छ । यति छिटो यस्ता राक्षसी ब्ल्याकहोलहरु विकसित भएका हुन् । तिनमध्ये पनि एक दुईवटाचाहिँ साँच्चै विचित्रका रहेको येल युनिभर्सिटीकी सिद्धान्तसम्बन्धी खगोलशास्त्री प्रियंवदा नटराजनको भनाइ छ ।

आजको दिनसम्म करिब १०० भन्दा धेरै अति ठूला ब्ल्याकहोलहरु खगोलशास्त्रीहरुले भेटिसकेका छन् । तिनीहरु ब्रह्माण्डको आयु ९५० मिलियन वर्ष हुँदा अस्तित्वमा रहेका थिए । यी ब्ल्याकहोलबारे प्राकृतिक विश्लेषण आवश्यक रहेको उनको भनाइ छ ।

हुन त ब्ल्याकहोलबारे पनि विभिन्न अड्कलबाजीहरु गरिँदै आएको छ । यी ब्ल्याकहोलहरु कि जन्मिँदै ठूला थिए, कि त यिनीहरु छिटै विकसित भए । तर उक्त नयाँ तथ्यहरुले भने यी अड्कलबाजीलाई नै चुनौती दिने देखिन्छ । साथै ब्ल्याकहोलबारे पुनः तथ्यको नजिक पुग्नुपर्ने आवश्यकता देखिन्छ ।

आधुनिक ब्रह्माण्डमा सामान्यतया ठूला ताराहरु आफ्नै गुरुत्व शक्तिसँगको टकरावका कारण आफ्नो अस्तित्व मेटाउँछन् र ब्ल्याकहोल बन्छन् । कम्तीमा १०० सूर्य अट्नसक्ने भन्दा साना आकारबाट ब्ल्याकहोलहरुले अन्य ब्ल्याकहोलसँग समेत मर्ज भएर (गाभिएर) विशाल रुप धारण गर्छन् वा तिनीहरुको पर्यावरणबाट ग्यास उत्सर्जन गर्छन् ।

ती ग्यासहरु डिस्कका रुपमा देखिनुका साथै तिनै ब्ल्याकहोलवरिपरि रहन्छन् र सेतो तातो तापक्रममा परिणत हुन्छन् । जसलाई अर्ब बढी प्रकाशवर्ष टाढाबाट समेत चहकिलो देख्न सकिन्छ । यस्ता ग्यासयुक्त ब्ल्याकहोललाई क्वासार भनिन्छ । एउटा क्वासारले जति छिटो खान्छ, त्यति चम्किलो यसको डिस्क देखिन्छ ।

तर ग्यासबाट देखिने चहकले ब्ल्याकहोलको वृद्धिमा भने सीमितता ल्याइदिन्छ । चहकिलो डिस्कको फोटोन (इलेक्ट्रोम्याग्नेटिक विकीरण वा प्रकाशको परिमाणसम्बन्धी) ले ताजा पदार्थलाई धकेलिदिन्छ । जसले यसको भौतिक सीमितता ल्याउँछ । खगोलशास्त्रीहरुले अहिले यसको ठेट चहक र यसले खाइरहेको चहकको गतिबारे चासो राखेका छन् ।

उनीहरुले अहिले पुराना करिब २० जति सुरुवाती ब्रह्माण्डका सुपरम्यासिभ (अतिविशाल) ब्ल्याकहोलको इडिंगटन रेसियोबारे मापन गरेका छन् । जसअनुसार यिनीहरुले ठेट चहकको अवस्था सीमित पाइएको छ । तर वर्तमान ब्रह्माण्डमा भने त्यो गति १० गुणा वृद्धि भएको छ । एउटा १०० सूर्य अट्ने ब्ल्याकहोलको आकार अर्ब बढी सूर्य अट्ने हुन करिब ८ सय मिलियन वर्ष लाग्छ । र त्यो आठ सय मिलियन वर्षले सुरुवाती ब्ल्याकहोल बन्न लागेको समयलाई समावेश गर्दैन

तर दक्षिण कोरियाको सिओल नेशनल युनिभर्सिटीका भौतिकशास्त्री म्युंगसिन इम र उनका समकक्षीहरुले पहिलेका अवलोकनमा पिकिअर इटर नदेखिए पनि अहिले भने सजिलै देख्न थालेको भन्दै चिन्ता व्यक्त गरे । सुरुवातका ठूला अतिविशाल ब्ल्याकहोलहरु लेजी इटर रहेको मान्ने हो भने तिनीहरुको ठूलो आकार झनै अस्पष्ट रहेको र त्यसले तिनीहरु कसरी संरचनाबद्ध भए भन्ने सिद्धान्त नै नमिल्ने बताए ।

रिसर्चरहरुले आईएमएसजे२२०४प्लस०११२, अर्ब बढी सूर्य अट्ने विशालकाय ब्ल्याकहोलको १० गुणा बढी गति रहेको पाएका थिए । यो फिडिंग रेटअनुसार ब्रह्माण्ड ८ अर्ब वर्षको हुँदा ब्ल्याकहोल पूर्णतया नहुर्केको उनको टोलीले गत फेब्रुअरी ९मा एआरएक्स(क्यापिटल)डटओआरजीमा रिपोर्ट गरेका छन् । उनीहरुले पनि पहिलोपटक सुरुवाती ब्रह्माण्डमा क्वासारले निकै कम एडिंगटन अनुपातमा अस्तित्वमा रहेको पाएका थिए ।

कुनै ठूलो आकारको तारा विशाल ब्ल्याकहोलमा ठोक्किँदा वा ठूलो ग्यास बादलका कारण ब्ल्याकहोल यति ठूलो हुने एउटा विचार पनि रहेको छ । अर्को के पनि छ भने सजातीय तारासमूहले नै म्यासिभ ब्ल्याकहोल सिड सिर्जना गर्ने भन्ने पनि देखिएको छ ।

उक्त मधुरो र कम गतिको खाने क्वासार देखिएको थियो, जुन आईएमएसजे२२०४प्लस०११२ थियो तर यो एउटामात्रै भन होइन । ब्रह्माण्ड ८ सय मिलियन वर्षको हुँदा कम्तीमा ११ वटा यस्ता अति भीमकाय ब्ल्याकहोलहरु अस्तित्वमा रहेको देखिएको गत वर्षको नोभेम्बरमा प्रकाशित एष्ट्रोफिजिकल जर्नलमा उल्लेख छ । उक्त टोलीले रिपोर्ट गरेअनुसार औसतमा ती क्वासारहरु १.६२ बिलियन सूर्य अटाउने तौलका रहेको तर तिनीहरुले ४० प्रतिशत गति सीमितमा खाने गरेको पाइएको छ ।

तर आश्चर्यजनक रुपमा त्यो समूहमा सबैभन्दा ठूलो मानिएको एचएससीजे१२०५–०००० नामको विशाल ब्ल्याकहोलको भने फिडिंग रेट निकै कम रहेको थियो । जुन ब्ल्याकहोलमा ४.७ बिलियन सोलार (सूर्य) अटाउँछ भने यसले ६ प्रतिशत गति सीमितमा खाने गर्छ । तर सुरुवाती ब्रह्माण्डका ग्लुट्टोनस एपिटिटिजयुक्त विशाल ब्ल्यकहोल पत्ता लाग्नु आश्चर्यको कुरा हुँदाहुँदै पनि यी पिकी इटर्सबारे विश्लेषण गर्नुचाहिँ कठिन छ ।

खगोलशास्त्रीहरु अहिले सिड ब्ल्याकहोलको खोजीमा रहेका छन् । जो शक्तिशालीरुपमा हुर्किन्छन् । यदि कुनै ब्ल्याकहोलले सुरुमा १० हजार मिलियन सूर्य अटाउनसक्ने गरी विकसित हुन थाल्छन् भने त्यो अरुसँग गाभिएर धेरैभन्दा धेरै एडिंगटन लिमिटमा बन्ने उनीहरुको निष्कर्ष छ ।

ठूलो सिड (बीज)मा हुर्किन सुरु हुन्छ भने त्यो ठूलो फड्को हुने हार्वर्ड युनिभर्सिटीका खगोलशास्त्री अभि लोइबको भनाइ छ । उनका अनुसार सो अनुसार ती ब्ल्याकहोल ठूलो हुन धेरै समय नै लाग्दैन, जसले अर्ब बढी सूर्य अटाउनसक्छन् । तर १५ वर्षदेखि खगोलशास्त्र र सिद्धान्तसम्बन्धी जानकारहरुले यति विशाल ब्ल्याकहोल कसरी निर्माण हुन्छन् भनी खोजी गरिरहेका छन् ।

कुनै ठूलो आकारको तारा विशाल ब्ल्याकहोलमा ठोक्किँदा वा ठूलो ग्यास बादलका कारण ब्ल्याकहोल यति ठूलो हुने एउटा विचार पनि रहेको छ । अर्को के पनि छ भने सजातीय तारासमूहले नै म्यासिभ ब्ल्याकहोल सिड सिर्जना गर्ने भन्ने पनि देखिएको छ । नयाँ नयाँ उक्त सजातीय समूहका ताराले छोड्ने ग्यासबाट यस्तो ब्ल्याकहोलको सिड सिर्जना हुनसक्ने मे २०१८ मन्थ्ली नोटिसेज अफ द रोयल एष्ट्रोनोमिकल सोसाइटीका स्चेलिचर र उनको टोलीले रिपोर्ट गरेको छ ।

त्यस्ता ताराहरु १०० देखि हजार गुणासम्म सूर्यका विकीरणयुक्त भएर फुल्ने उनीहरुको भनाइ छ । सोही समूहका तारा ताराबीचको टकरावलाई पनि ब्ल्याकहोलको कारण मानिएको छ ।

त्यस्तै अर्को सम्भावना के पनि छ भने सुरुवाती सुपरम्यासिभ ब्ल्याकहोलले एडिंगटन लिमिट उल्लंघन गरेको पनि हुनसक्छन् भने जुन जन्मिँदै ठूला हुन्छन्, तिनीहरुको हुर्किने गति पनि उत्तिकै ठूलो र तीव्र हुने मानिएको पनि छ । गत वर्षको डिसेम्बरको एउटा अध्ययनले उस्तै उस्तै पर्यावरणले पनि ब्ल्याकहोलको वृद्धिमा योगदान दिनसक्ने पत्ता लगाएको छ ।

ग्यासको उपभोग धेरै हुँदा वृद्धि तीव्र हुनसक्छ ।

यति हुँदा हुँदै पनि खगोलशास्त्रीहरुले सुपरम्यासिभ सिडबारे पत्ता लगाउन जरुरी छ । सन् २०१९ मा द जेम्स वेब स्पेस टेलिस्कोप लन्च गरिँदै छ, जसले बिगब्यांग (महाविष्फोटन)पछि क्वासार र ताराहरु जो ४०० मिलियन अथवा ५०० मिलियन प्रकाशवर्ष टाढा छन्, उनीहरुलाई पत्ता लगाउन सक्षम हुने आशा गरिएको छ । त्यस्तै भविष्यमा गुरुत्वसम्बन्धी तरंगको अवलोकन गर्ने लिसाले सुपरम्यासिभ ब्ल्याकहोल पत्ता लगाउने समेत आशा गरिएको छ ।

साइन्स न्युज डट ओआरजी बाट भावानुवाद – नेपाल समाचारपत्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *