ओलीको विप्लवलाई कटाक्ष– भाई, बुद्धिको बटुका सोझ्याउँदै गर्नुहोला !

dsc_0679

एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन बहिष्कार गरेको नेक्रविक्रम चन्द विप्लवको पार्टीलाई बुद्धिको बटुका (कचौरा) सोझ्याउन सुझाव दिनुभएको छ ।

‘म विप्लव भाइलाई भन्न चाहन्छु, तपाइ पनि बुद्धिको बटुका सोझ्याउनुहोस्, बहिष्कार भन्नुहुन्छ अनि हामी आउने दिन रोजेर बन्द आव्हान गर्नुहुन्छ’– घोराहीमा भएको चुनावी सभालाई सम्वोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । बुधवार विप्लव पार्टीले गरेको दाङ बन्दप्रति लक्षित गर्दै उहाँले भन्नुभयो– ‘बहिष्कार गर्ने भए चुनावी सभामा आउने जनता किन रोक्नुपर्यो, कसको मद्दतका लागि यो काम गर्दै हुनुहुन्छ ?’ उहाँले विप्लवले कांग्रेसलाई सहयोग पु¥याउन बन्द गरेको संकेत गर्दै भन्नुभयो– ‘अब हामी मिसिसक्यौं, कसैले च्याखे नथापे हुन्छ ।’

सभालाई सम्वोधन गर्दै माओवादी केन्द्रका नेता रामबहादुर थापा ‘बादल’ले अहिलेको चुनाव पार्टीको एकताकै तयारी भएको बताउनुभयो । अब यो देशमा पूँजीवादी ब्यवस्था कि समाजवादी ब्यवस्था भन्ने जनमत संग्रहकै रुपमा निर्वाचन हुन थालेकाले समाजवादी शक्तिलाई अत्यधिक मतका साथ बिजयी गराउन पनिउहाँले आग्रह गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *