अष्ट्रेलियामा अस्थाई भिसावाहकलाई थप कडाई, जान्नुहोस् भिसा रद्ध हुनसक्ने अवस्था

सिड्नी । पछिल्लो समय अप्रवासीप्रति कडा बन्दै गएको अष्ट्रेलिया सरकारले अस्थाई भिसा भएकाहरुलाई लक्षित गरी नियम परिवर्तन गरेको छ ।सिड्नी ।यहि नोभेम्बर १८ अर्थात गएको शनिबारदेखी लागु हुनेगरी सरकारले अस्थाई भिसावाहक विद्यार्थी, अभिभावक, पर्यटक,श्रमिक, व्यापारी लगायतले गल्ती गरेको अवस्थामा कुनैपनि बेला भिसा रद्ध गर्न सकिने नियम लागु गरेको हो । सरकारले केही अवस्थालाई परिभाषित गर्दै त्यस्तो अवस्थामा भिसा रद्ध गर्न सकिने जनाएको हो ।

यी अवस्थामा हुनसक्ट भिसा रद्ध

१. कसैलाई हानी पुर्याएमा या धम्क्याएमाः

नयाँ नियम अनुसार कुनैपनि अस्थाई भिसा प्राप्त व्यक्तीले अन्य कुनै व्यक्तीलाई धम्क्याउने, चेतावनी दिने या खतराको अवस्थामा पुर्याएमा भिसा रद्ध गरिन सक्छ । भिसा रद्ध भएको अवस्थामा निजलाई डिटेन्सन सेन्टरमा पुर्याएर देश निकाला गर्ने प्रावधान उल्लेख गरिएको छ ।

अपराधिक गतिविधिमा संलग्न भएमाः

यो व्यवस्था अनुसार कुनैपनि अस्थाईभिसावाहक व्यक्ती कुनैपनि आपराधिक गतिविधिमा संलग्न भएको अवस्थामा भिसा रद्ध गरि देश निकाला गर्न सकिनेछ । यो व्यवस्था पहिले कुनैपनि ब्रिजिङ भिसामा भएका भिसावाहकका लागि भनेर लागु गरिएको भएपनि हाल भने यसको दायरा फाराकिलो बनाउँदै सबै अस्थाई भिसावाहकका लागि लागु गरिएको हो ।

नाम फरक हुनु नहुनेः

यदि कुनै अस्थाई भिसा प्राप्त व्यक्तीको कागजातमा उल्लेखित नाम अष्ट्रेलियाको आधिकारिक कागजातसँग नमिलेमा या फरक फरक हुन गएमा त्यस्तो अवस्थामा पनि भिसा रद्ध गर्न सकिने नयाँ प्रावधान गरिएको छ । यस अन्तर्गत कुनैपनि अस्थाई भिसा वाहाकको नाम अष्ट्रेलियाका कुनैपनि कागजातसँग मिल्नुपर्छ र अष्ट्रेलियन सरकारद्धारा जारी कागजातमा पनि एउटै नाम उल्लेख हुनुपर्छ । यदि नाम नमिलेको अवस्थामा नीजले तत्काल सम्बन्धित निकायमा खबर गरेर सच्याउन सकिने प्रावधान पनि गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *