पूर्वमा फस्टाउदै यौन धन्दा

इटहरी । पूर्वको पर्यटकिय तथा शुन्दरनगरी भनेर मानिने सुनसरीको धरान पछिल्लो समय केहि होटलहरूमा हुने यौन धन्दाका कारण बदनाम हुदै गएको छ ।इलाका प्रहरी कार्यालय इटहरी, नागरीक समाज, आमासमुह एवम होटल ब्यवसायहरूले इटहरी क्षेत्रमा हुने यौन धन्दामा कडाइ गरेपछि यौनकर्मीहरूले सुनसरीको धरान र भेडेटारलार्इ ट्रान्जिट बनाउन थालेका छन ।इलाका प्रहरी कार्यालय धरानले पछिल्लो समय सुरू गरेको बिशेष अपरेसन र अनुसन्धानका अनुसार इटहरीमा हदै सम्म निर्मुल बनेको यौन बयवसाय हाल सुनसरीको धरान तथा भेडेटार सरेको पाइएको छ । गत भदौको पहिलो साताबाट प्रहरीले थालेको अभियानले समेत केहि सफलता पाएको देखिएको छ ।अपरेसन सुरू भएको भदौ पहिलो सातादेखी हाल सम्म इलाका प्रहरी कार्यालय धरानले यौन धन्दामा संलग्न एक दर्जन यौनकर्मीहरू सहित ४० बढी जोडीलार्इ पक्राउ गरि केहिलार्इ मुद्धा समेत चलाइसकेको छ । इलाका प्रहरी कार्यालय धरानले आफ्नो क्षेत्रमा यौन धन्दा हुने गरेको ब्यापक जनगुनासो बढेपछि धरानका होटलहरूमा कडार्इका साथै बिशेष अपरेसननै थालेको थियो ।अपरेसन पश्चात प्रहरीले धरानसंगै सुनसरी र धनकुटाको संगम स्थल भेडेटारमा पनि यौनगतिबिधी बढेको बताएको छ । इलाका प्रहरी कार्यालय धरानका प्रहरी प्रमुख डिएसपी ढकेन्द्र खतिवडाका अनुसार धरानमा रहेका केहि होटल ब्यवसायहरूको मिलेमतोमा यस्तो यौन ब्यसाय फस्टाउदै गएको र त्यस्लार्इ नियन्त्रण गर्न प्रहरी केही हद सम्म सफल बनेको बताउदै आएको छ ।भारतीय नागरीकहको रोजाइमा परेको पूर्वको केन्द्र इटहरीमा प्रहरी कडार्इपछि उनिहरूले सिदै धरानका होटल ब्यवसायहरूसंग सम्पर्कगरी यौनकर्मी युवती तथा महिलाहरू झिकाइ भेडेटारमा रात बिताउने गरेको  अनुशन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय धरानका प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले बताए । त्यस्तै यौन धन्दामा संलग्न रहेको आरोपमा पक्राउ परेका अधिकांस युवतिहरूले पनि पछिल्लो समय यौनकर्मीहरूकालागी धरान र भेडेटार ट्रान्जिट प्वाइन्ट बन्दै गएको बताएको प्रहरी भनाइ छ ।यस्ता गतिविधीहरू रोकन प्रहरी एक्लैले नसक्ने तर स्थानीयदेखी सम्बन्धित निकाय साथै स्थानीयस्तरका जनताले साथ दिए धरान र भेडेटार क्षेत्रमा हुनै अवैध यौन धन्दा ठप्प बनाइने इलाका प्रही कार्यालय धरानका डिएसपी खतिवडा बताउछन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *