नेपाली बलरको शानदार कमब्याक, भारतको सय रनमा ४ विकेट गयो

नेपालले दिएको १८६ रनको लक्ष्य पछ्याएको भारतले अाक्रमक सुरुवात गरेपनि नेपाली बलरले राम्रो कमब्याक गरेका छन् । ९१ रन हुदाँ मात्र १ विकेट गुमाएको भारतले १०० रन बनाउँदा सम्म ४ विकेट गुमाई सकेको छ । भारतले पहिलो विकेट अोपनर कप्तान हिमांशु रानाको रुपमा गुमायो । उनले ३८ बलमा ४६ रन बनाएर कमल सिंह एेरिको बलमा बोल्ड अाउट भए ।

मनजोत कलरा ३५ एथारवा टाई १३ सलमान खान १ रनमा अाउट भए । नेपालको लागि कमल सिहं एेरि, दिपेन्द्र सिंह एेरि पवन शर्राफ तथा साहब अालमले।समान १/१ विकेट लिएका छन् । ताजा अवस्थामा भारतले २९ अोभरमा ४ विकेट गुमाएर ११६ रन बनाएको छ।

यसअघि नेपालले भारतसामु १८६ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले कप्तान दिपेन्द्र सिंह एेरीको शानदार अर्धशतकको मद्धतले निर्धारित ५० अोभरमा ८ विकेट गुमाएर १८५ रन बनाएको थियो । एेरीले १०१ बलमा ८८ रन बनाएर अाउट भए । दिपेन्द्रले जितेन्द्र सिहसँग तेस्रो विकेटको लागि ४९ तथा रोहित पौडेलसँग चौथो विकेटको लागि २८ रनको महत्त्वपूर्ण साझेदारी गरेका थिए । नेपालले अोपनर असिफ शेखलाई ३ रनमा गुमाएको थियोे ।

असिफ र जितेन्द्रले पहिलो विकेटको लागि मात्र १२ रनको साझेदारी गर्न सके । नेपालको स्कोर २८ रन हुदाँ अनिल कुमार शाहको रुपमा नेपालले दोस्रो विकेट गुमायो । १२ बल खेलेका अनिलले मात्र ६ रन बनाउन सके । जितेन्द्र सिंह ३६ रनमा अभिषेक शर्माको बलमा कट एन्ड बोल्ड भए । त्यस्तै रोहित कुमार पौडेल ६ रनमा विकेट किपरको हातबाट क्याच अाउन हुन पुगे । अन्य खेलाडीहरुमा भिम सार्कीले १५ पवन शर्राफले १ कमले सिंह एेरिले ५ रन बनाए । किशोर महतो र शन्दिप लामिछानेले नट अाउट क्रमश: ७ र ९ रन बनाए ।

यस्तो छ टिम

भारत : हिमांशु राणा (कप्तान) , मंजोट कालरा, रियान पराग, सलमान खान, अभिषेक शर्मा, हार्विक देसाई , दर्शन नलकंदे, शिव सिंह, विवेकानंद तिवारी, तनुश कोटियन, अरशदीप सिंह, अनुज रावत, अनुल सुधाकर रॉय, मनदीप सिंह

नेपाल : दिपेन्द्रसिंह ऐरी (कप्तान) सन्दिप लामिछाने, मोहमद आसिफ शेख, पवन सराफ, रोहित कुमार पौडेल, सन्दिप सुनार, प्रनित थापा मगर, अनिल कुमार साह र किशोर महतो, सहाब आलम, प्रकाश केसी, कमल सिंह ऐरी, भीम सार्की, रसिद खान र जितेन्द्र सिंह

Leave a Reply

Your email address will not be published. Required fields are marked *