झापा- ३ को माटो र जनतालाई सम्झिएर सामनुपातिक छाडेर प्रत्यक्षमा उठेको : नेता सिटौला

नेपाली काँग्रेस प्रभावशाली नेता कृष्णप्रसाद सिटौलाले झापा क्षेत्र नम्बर ३ को माटोले सिंगो नेपालको राजनीतिक क्षेत्रमा गतिदिने काम गरेकोले यस क्षेत्र आफूले छोड्न नसकेको बताएका छन् ।

DSC00087झापा क्षेत्र नम्बर ३ वाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत रहेका नेता सिटौलाले विहीवार झापाको भद्रपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै यस्तो बताएका हुन् । नेपाली काँग्रेस केन्द्रीय समितिले समानुपातिकमा मेरो नाम राखिसकेको अवस्थामा त्यसलाई फिर्ता गराई यस क्षेत्रको माटो र जनतालाई सम्झिएर फेरी चुनावी मैदानमा जनतामाझ उत्रिएको नेता सिटौलाले बताए । जब सजिलो अवस्थामा आउँछ, विगतको कष्ट सबैले बिर्सिएर आर्दशलाई छाडेर स्वार्थमा जाने गरेको राजनीतिक परम्परा नराम्रो भएको उनले बताए । त्यही स्वार्थ नेपालको लागि घातक सिद्ध भइरहेकोले राजीनितकदल र तिनका नेताले भविष्यमा दुःख पाउने गरेको बताए ।
वाम गठबन्धनसँग मेरो चुनावी प्रतिष्पर्दा रहेको अवगत गराउँदै उनले भने ‘मेरो खटाइ भनेको लोकतन्त्रसंग भएकोले वामगठबन्धनका उम्मेदवार राजेन्द्र लिङदेनसंग नभएको समेत प्रष्ट पारे ।’ यस क्षेत्रबाटै भएको जनआन्दोलनबाट राजसंस्थाको अन्त्य भएकोले अहिले फेरी जनता राजसंस्था नचाहेको प्रस्टाउँदै लोकतन्त्र र गणतन्त्रको पक्षधारलाई मतदाताले मतदान गर्नेमा आफु विश्वस्त रहेको उनले बताए । राप्रपाले अहिले सम्म गणतन्त्र स्विकार नगरिरहेको अवस्थामा क्षेत्र नम्बर ३ मा भएको वाम गठबन्धनमा राप्रपा सामेल भएको आफुलाई अचम्म लागेको उल्लेख गरेका छन् । नेपालका केही स्थानमा काँग्रेसले राप्रपासंग गरेको चुनावी गठबन्धन आफुलाई ठिक नभएको बारेमा पटक– पटक पार्टीको केन्द्रिय बैठकमा कुरा उठाई सकेको उनले बताए । लोकतान्त्रिक वा वाम गठबन्धन जे भएपनि ०४६ र ०६२।०६३को जनआन्दोलन जनताले कहिल्यै भुल्न छैन, उनको भनाई छ । आफुले सरकारमा रहेर होस वा अन्यत्र जे भएपनि क्षेत्र नम्बर ३ मा साढे ३ अर्ब रुपैयाको बहुवर्षीय योजनाहरु ल्याएको दाबी गरेका छन् । २०७० सालको संविधानसभाको निर्वाचनमा जनतालाई दिएको बाचा पूरा गर्दै देशमा नयाँ सविधान ल्याउन आफूले मुख्य भूमिका निर्वाह गरेको प्रस्टाउँदै यस पटक झापा ३ को समृद्धि विकास गर्ने मेरो पहिलो एजेन्डा रहेको बताए । प्रतिनिधि र प्रदेशसभा निर्वाचन स्थानीय तह निर्वाचन जस्तो नभएको उल्लेख गर्दै मतदाताले यसको भ्यालु बुझन आवश्यक रहेको बताए । यस क्षेत्रमा वाम गठबन्धनको मतदाता धेरै रहेको बिषय पत्रकारले राखेको जिज्ञासामा उनले भने– ‘मतदाता धेरै र थोरै भन्ने हुदैन्, आफु वामको प्रतिस्पर्दी भएर चुनावी मैदानमा उत्रिएपनि मत अन्तर खासै फरक नरहेको उल्लेख गरे

Leave a Reply

Your email address will not be published. Required fields are marked *