भुकम्प पीडितलाई निर्ब्याजी ऋण दिन राष्ट्र बैंकको निर्देशन, यस्तो छ प्रक्रिया

नेपाल राष्ट्र बैंकले भुकम्प पीडितलाई निर्ब्याजी ऋण उपलब्ध गराउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । राष्ट्र बैंकले मंगलबार सर्कुलर जारी गर्दै क, ख र ग बर्गका बैंक वित्तीय संस्थालाई सामुहिक जमानी वा धितोमा ऋण उपलब्ध गराउन पत्राचार गरेको हो ।

मन्त्रिपरिषद्ले केही समय अघि भुकम्प पीडितहरुको घर निर्माणका लागि सामुहिक जमानीमा निर्ब्याजी ऋण उपलब्ध गराउने कार्यविधी २०७४ पारित गरेको थियो । राष्ट्र बैंकले सोही कार्यविधी अनुसार ऋण उपलब्ध गराउन राष्ट्र बैंकले अन्य बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएका हो ।

सो कार्यविधी अनुसार भुकम्प पीडितले सामुहिक जमानीमा ३ लाख रुपैयाँ निर्ब्याजी ऋण पाउनेछन् । सो ऋण ३ देखि ५ बर्ष भित्रमा तिरिसक्नुपर्ने उक्त कार्यविधीमा उल्लेख छ । साथै त्यस्तो ऋण उपलब्ध गराउनका लागि सम्बन्धित बैंक वित्तीय संस्थाले छुट्टै सम्पर्क अधिकृत तोक्नुपर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *