फिदिममा भेटियो बम, सेनाद्वारा निश्क्रिय

फिदिम नगरपालिका–२ स्थित पल्लोटार जाने बाटोमा भेटिएको बम नेपाली सेना र नेपाल प्रहरीको टोलीले निष्कृय पारेको छ । पल्लोटार जाने बाटोमा (महेश तिम्सिनाको घर अघि) भेटिएको बम निश्क्रिय पारिएका हो । स्थानीयवासीले शंका लागेपछि बुधवार विहान ५ः४५ बजे प्रहरीलाई खवर गरेका थिए ।

प्रहरी र सेनाको टोलीले घरमा प्रयोग गरिने जगमा जोडिएको बस्तु बम भएको पुष्टि गर्दै निश्क्रिय पारेका हो । यसैबीच बम नेकपा (विप्लव) समुहले राखेको स्वीकार गरेको छ । नेकपाका पाँचथर इञ्चार्ज सौगातले सो बम आफुहरुले राखेको स्वीकारेका हुँन् । प्रदेश र प्रतिनिधि सभाको चुनाव आउन १८ दिन वाँकि रहँदा सदरमुकाममै त्यसरी बम फेला परेपछि सर्व साधारण भने त्रसित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *