लाशलाई आर्यघाट लैजाँदै गर्दा अचानक भयो चमत्कार

लाशलाई बाकसमा राखेर चिहानमा गाड्न लैजाँदै गर्दा अचानक भयो चमत्कार दक्षिण अमेरिकी देश पेरुमा एक २४ वर्षका व्यक्तिको अपरेशन गर्ने क्रममा मृत्यु भयो । डाक्टरले उनको शव परिवारको जिम्मा लगाए ।परिवारले उनको शवलाई ताबुत (बाकस)मा राखेर अन्तिम संस्कारको लागि चिहानमा गाड्न लिएर जाने तयारी गर्दै थिए यत्तिकैमा ती व्यक्ति आश्चर्यजनक तरिकाले जिवित भए ।वाटसन फ्रेंकलिन नामका ती व्यक्तिलाई बाकसमा बन्द गरेर चिहानघाट लैजाने तयारी भइरहेको थियो । वाटसनलाई २१ अक्टोबरका दिन दाँतको सर्जरी गरिएको थियो ।सर्जरीपछि उनलाई ज्वरो आयो । यसको लागि डाक्टरले उनलाई जुन औषधी दिए त्यसले उनको मृत्यु भएको बताइएको थियो तर उनको अन्तिम संस्कारको तयारी गर्दै गर्दा उनको सास चलिरहेको परिवारले थाहा पाए । त्यसपछि उनलाई तत्कालै अस्पताल लगियो । तर, अस्पताल पुग्दासम्म उनको मृत्यु भइसकेको थियो । dcnepal bata सांकेतिक फोटो ! कसै संग मेल खान गएमा संयोग मात्र हुनेछ

Leave a Reply

Your email address will not be published. Required fields are marked *