जापानले ५५ हजार क्विन्टल चामल दिने

विगत लामो समयदेखि नेपाललाई अनुदानमा चामल उपलब्ध गराउँदै आएको जापान सरकारले यस वर्ष पनि ५५ हजार क्विन्टल चामल उपलब्ध गराउने भएको छ । अनुदानको उक्त चामल मंसिरभित्रै आइपुग्ने नेपाल खाद्य संस्थानका प्रवक्ता शंकर सापकोटाले जानकारी दिए । जापानले २० करोड रुपैयाँ बराबरको चामल उपलब्ध गराउने भएको हो । प्रवक्ता सापकोटाले ढुवानी भाडालगायत जापानको केही निश्चित रकम फिर्ता गर्नुपर्ने भएकाले अनुदानको चामल बिक्री गरिने बताएका छन् । जापानले नेपाललाई अनुदानमा चामल उपलब्ध गराउने प्रस्ताव गत वर्ष नै आएको थियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *