ग्लोबल आईएमई बैङ्कको शेयर किन्ने सोचमा हुनुहुन्छ ? हेर्नुहोस् कम्पनी विश्लेषण

ग्लोबल आइएमई बैङ्कले सार्वजनिक गरेको चालू आव २०७४/७५ को पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार चुक्तापूँजी १३ प्रतिशतले बढेर रू. ८ अर्ब ८ करोड पुगेको छ । अघिल्लो आवको सोही अवधिमा रू. ७ अर्ब १५ करोड थियो । सोही अवधिमा बैङ्कले रू. ३५ करोड ३२ लाख नाफा कमाएको छ । यो अघिल्लो आवको तुलनामा १६ प्रतिशतले कमी हो । सञ्चालन नाफा र खुद ब्याज आम्दानी घटेकाले नाफा घटेको हो । बैङ्कले रिजर्भ कोषमा रू. ४ अर्ब ३८ करोड ५७ लाख राखेको छ । यो रकम अघिल्लो आवको तुलनामा १ सय २१ प्रतिशतले बढी हो । सम्भावित जोखिम बापतको व्यवस्थामा रू. १६ करोड ६६ लाख रकमा छुट्याएको छ भने निष्क्रिय कर्जा १ दशमलव ५७ प्रतिशत रहेको छ । साथै बैङ्कको आगामी कात्तिक २३ गते हुने साधारण सभाले १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

वर्गिकरण : वाणिज्य बैङ्क
पछिल्लो व्यापार मूल्यः रू. ३२५
५२ हप्ताको उच्च व्यापार मूल्य : रू. ६२३
५२ हप्ताको न्यून व्यापार मूल्य :  रू.३२३
१८० दिनको औसत व्यापार मूल्य : रू.३८५.१८

कम्पनीका महत्वपूर्ण अनुपात :-

सञ्चालक समिति :-

 

अध्यक्ष : चन्द्र प्रसाद ढकाल
व्यवस्थापन समिति :-
कार्यबाहक कार्यकारी अधिकृत : जनक शर्मा पौडेल
प्रधान कार्यालय : पानीपोखरी, काठमाडौं
वेबसाइट : www.globalimebank.com
शाखा : १०६
स्टक सङ्केत : जीबिआइएमई

Leave a Reply

Your email address will not be published. Required fields are marked *