१५ दिनभित्र पूर्व राष्ट्रपति निवास खाली गर्न घरबेटीले दिए सूचना

हिमालय टाइम्स काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवलाई घरवेटीले घरखाली गरिदिन १५ दिने सूचना जारी गरेका छन् ।  सरकारले गत साउन महिनादेखि पूर्वराष्ट्रपतिले आवासको भाडा नतिरेको भन्दै घरबेटीले १५ दिनभित्र घर खाली गरिदिन सोमबार पत्रिकामा सूचना जारी गरेका हुन् ।

ललितपुर महानगरपालिका वडा नम्बर ४ बागडोलका रविभक्त विष्टले एक दैनिक पत्रिकामा सार्वजनिक सूचना जारी गरी घर खाली गरिदिन आग्रह गरेसँग पूर्वराष्ट्रपतिको सार्वजनिक बेइज्यत भएको छ  ।

सूचनामा २०७४ साउनदेखि बहाल सम्झौता पनि नविकरण नभएको, बिजुलीको विल रकमसमेत भुक्तानी नगरेर जबरजस्ती रुपमा बस्ने र बसाउने काम गरेको उल्लेख गरिएको छ ।

विष्ठले पूर्वराष्ट्रपतिलाई समेत पटक पटक लिखित जानकारी गराउँदा समेत खाली नभएकाले १५ दिनभित्र घर र कम्पाउण्ड पूर्ववत अवस्थामा खाली गरिदिन भनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *