१० वर्षमा नेपाली मोडेलको समाजवाद ल्याउने प्रचण्डको जिकिर

हिमालय टाइम्स चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई समृद्ध राष्ट्र बनाउनुबाहेक वाम गठबन्धनको अरु कुनै त्यस्तो उद्धेस्य नरहेको बताएका छन् ।

वाम गठबन्धनको संयुक्त निर्वाचन परिचालन कमिटी जिल्ला शाखाले आज अयोजना गरेको कार्यकर्ता प्रशिक्षणमा बोल्दै उनले नयाँ केन्द्र निर्माण गरेर समृद्ध राष्ट्र बनाउन चाहेकाले, वाम गठबन्धनको त्यो भन्दा ठूलो लक्ष्य नभएको बताए हुने ।

कार्यकर्ता प्रशिक्षणमा उनले भने “नयाँ केन्द्र निर्माण गरेर समृद्ध राष्ट्र बनाउन चाहेकाले, वाम गठबन्धनको त्यो भन्दा ठूलो लक्ष्य अरु केही छैन ।’’

अहिलेको अभियान भनेकै राष्ट्रिय एकता र मलुकलाई समृद्ध बनाउनु रहेकाले वस्तुस्थिति र राष्ट्रको आवश्यकताबमोजिम नै वाम एकता भएको औंल्याउँदै उनले अहिले देशमा उत्साह र उमंगको लहर छाएको दाबी गरे ।

चितवन निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका अध्यक्ष दाहालले देश र राष्ट्रको चिन्ता भएका, अरु पार्टी कांग्रेस, राप्रपालगायतका कार्यकर्ताले समेत यो गठबन्धनलाई सकारात्मकरूपमा लिएको बताए ।

नौलो क्रान्तिका लागि दुई पार्टी एक हुने प्रयास गरिएको भन्दै उनले दुई तिहाई बहुमत ल्याएर ८–१० वर्षको अन्तरालमा नेपाली मोडलको समाजवाद ल्याउने जिकिर समेत गरे ।

दुवै पार्टी कार्यकर्तालाई निर्देशन दिँदै अध्यक्ष दाहालले यो लक्ष्य पूरा गर्न गुट र समूह नभनी लाग्न आग्रहसमेत गरेका छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *