मुनरोको शतकमा बडारियो भारत, किबि ४० रनले बिजयी

काठमाडौं । भारत र न्युजिल्यान्ड बिचको दोस्रो टि-२० खेलमा न्युजिल्यान्ड ४० रनले बिजयी भएको छ । न्युजिल्यान्डले दिएको १९७ रनको लक्ष्य पछ्याएको भारतले २० अोभरमा ७ विकेट गुमाएर मात्र १५६ रन बनायो । भारतका लागि कप्तान बिराट कोहलीले सर्वाधिक ६५ रन बनाए पनि टिमलाई जित भने दिलाउन सकेनन् । त्यस्तै धोनीले ४९ र एयरले २३ रनको योगदान गरे । न्युजिल्यान्डको लागि ट्रेण्ड बोल्टले ४ शेटनर सोदी र मुनरोले १/१ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले २० अोभरमा २ विकेट गुमाएर १९७ रन बनाएको थियोे । न्युजिल्यान्डका अोपनर कुलीन मुनरोले शानदार शतक प्रहार गरे । ५८ बल खेलेका मुनरोले ७ छक्का र ७ चौकाको मद्धतले नट अाउट १०९ रन बनाए । त्यस्तै अर्का अोपनर मार्टिन गुपटिलले ४१ बलमा ३ छक्का र ३ चौकाको मद्धत ४३ रन बनाए । कप्तान विलियम्सन र ब्रुसले क्रमश १२ र १८ रन बनाए । तीन खेलको टि-२० शिरिज १/१ को बराबरीमा पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *