प्रधानमन्त्रीले हप्काएका राउटेहरुलाई उपराष्ट्रपति पुत्रले गरे सहयोग, हौसिदैं भने पुनको जय होस्

पर्यटन व्यवसायी टासी शेर्पाको सहयोगमा काठमाण्डौ आएका राउटे समुदायका प्रतिनिधीमार्फत ४० घर परिवारलाई प्रति परिवार २ वटा कम्बल र आउने जाने गाडी भाडा उपलब्ध गराईएको थियो । माओवादी केन्द्रका अक्ष्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पहिलोपटक प्रधानमन्त्री हुँदा राउटे समुदायलाई राहात हुने कार्यक्रमसहित उनिहरुलाई बालुवाटारमै भेट गरेपछि जंगलमै आफ्नो जिवन निर्वाह गदैं आएको यो समुदाय हरेक जाडो याममा काठमाण्डौ आउने र सरकारी सहयोगको अपेक्षा गर्न थालेको हो ।चिसोका लागी कम्बल माग्न आउदाँ प्रधानमन्त्रीले भेट्न अस्विकार गरेपछि निराश बनेका राउटेहरुको समुहलाई उपराष्ट्रपतिपुत्र दिपेश पुनले सहयोग गरेपछि हौसिएका छन । केही दिनअघि बालुवाटार पुगेका राउटे समुदायका प्रतिनिधीलाई प्रधानमन्त्री शेर बहादुर देउवाले भेट्न अस्किार गरेपछि उनिहरु निराश बन्दै पुनसँग पुगेका थिए । यसअघि पनि राउटे समुदायका समस्यामा विभिन्न कार्यक्रम लिएर पुग्ने गरेका पुनले जाडोका लागी केही थान कम्वल र बाटोखर्च दिएपछि उनिहरु हौसिएका हुन ।

तत्कालिन सरकारले यो समुदायप्रति बिशेष चासो देखाएपछि अन्य व्यक्ति र संघसस्थाको समेत ध्यान जान थालेको छ । यसमा पनि उपराष्ट्रपति पुत्र एवं माओवादी केन्द्रका युवा नेता दिपेश पुनले विभिन्न समयमा यो समुदायका लागी राहात तथा उद्दारमा बिशेष भुमिका निर्वाह गदैं आएका छन । यसपटक पनि ठुलो आशा बोकेर प्रधानमन्त्री कार्यलय पुगेका राउटेलाई प्रधानमन्त्रीले भेटन अस्विकार गरेपछि उनिहरु जाडोबाट बालबच्चा बचाईदिन केही थान कम्बलको याचनासहित पुनसँग पुगेको थिए । जंगलमा कष्टपूर्ण जिवनयापन गरिरहेका राउटेहरु दैनिकी जाडोयाममा झनै कष्टकर हुने भएकाले उनिहरुलाई केही राहत होस भनेर आफुले पर्यटन व्यवसायी टासी शेर्पाको सहयोगमा कम्बल र बाटोखर्च उपलब्ध गराएको पुनले बताएका छन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *