नेपाललाई सुरुवाती दुई सफलता

नेपालले दिएको १५४ रनको लक्ष्य पछ्याएको बङ्लादेशी य-१९ टिमले मध्यम सुरुवात गरेको छ । यो खबर तयार पार्दासम्म बङ्लादेशले १७ अोभरमा २ विकेट गुमाएर ७७ रन बनाएको छ । अोपनर नहिम शेख ४१ रन बनाएर खेलिरहेका छन् । अर्का अोपनर पिनाक घोष भने १४ रनमा रन अाउट हुन पुगे । त्यस्तै शेफ हशनलाई पवन शर्राफले ७ रनमा अाउट गरे ।यसअघि पहिलो ईनिङमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ९ विकेट गुमाएर १ सय ५३ रन मात्रै बनाउन सक्यो। नेपालले दोस्रो ओभरमै ओपनर सन्दीप सुनारलाई गुमाएको थियो। टोलीको २ रन हुँदा काजी अनिकले सन्दीपलाई १ रनमा बोल्ड गरे। सम्हालिएर ब्याटिङ गरिरहेका अनिल साह १८ रनमा आउँट हुदा नेपालले १० ओभरमा दुई विकेट गुमायो।नेपाली कप्तान दीपेन्द्र ऐरीले १६ आसिफ सेख ३२ भिम सार्कीले २८, पवन सरार्फले १९, कमलसिंह एेरीले १७ सहाब आलमले ६ रनको योगदान गरे । बंगलादेशका हसन मोहमुद र काजी अनिकले ३ विकेट लिए

Leave a Reply

Your email address will not be published. Required fields are marked *