डीभी चिठ्ठा प्रणाली नै रद्द गर्ने राष्ट्रपति ट्रम्पको घोषणा

 अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी डाइभर्सिटी भिसा (डीभी) चिट्ठा प्रणालीबाट अमेरिकामा आतंकवादी भित्रिएको दाबी गर्दै अब यो प्रणाली नै रद्द गरिने बताएका छन्.

ट्रम्पले राष्ट्रपतिमा निर्वाचित भएसँगै आतंकवादी संगठनसँग जोडिएका देशका डीभी परेका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाएका थिए ।उनले आफ्नो ट्वीटमा अमेरिकामा आतंकवादी समस्या बढ्नुमा डीभी चिट्ठा मुख्य कारण भएको उल्लेख गरेका छन् ।सन् १९९० मा आप्रवासी भित्र्याउने कानुन बनाएपछि डीभी चिट्ठालगायत अरु सुविधा दिएर अमेरिकाले आप्रवासीलाई स्थायी बसोबास दिँदै आएको छ ।अमेरिकाले पछिल्लो १० वर्षमा झन्डै ५ लाख आप्रवासीलाई ग्रीनकार्ड दिएको छ । ट्रम्पले डेमोक्रेटले सुरु गरेको यो प्रणाली रद्द गर्ने प्रस्ट गरेका हुन् ।न्यूयोर्कमा साइकल लेनमा ट्रक चढाएर ८ जनाको हत्या गर्ने चालक सेफुलो साइपोव सन् २०१० मा डीभी चिट्ठा परेर उज्वेकिस्तानबाट अमेरिका पुगेको पत्ता लागेपछि ट्रम्प आक्रोशित बनेका हुन् ।राष्ट्रपति ट्रम्पले डीभी चिट्ठालाई अमेरिकी सिनेटर ‘चक समरको सुन्दरता’सँग तुलना गरेका छन् । चक समर डेमोक्र्याट सिनेटर हुन् । उनी डीभी चिट्ठाको पक्षमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *