गोली चलेको केही घण्टामै भारतीय सुटर पक्राउ गर्ने प्रहरी डिएसपी

यीनै हुन गोली चलेको केही घण्टामै भारतीय सुटर पक्राउ गर्ने प्रहरी डिएसपी,
ख़ास गोली चल्नु भित्री रहस्य अर्कै रहेछ बुधबार साँझ कमलपोखरी स्थित हेरिटेज प्लाजा रेष्टुरेन्ट आसपास गोली चलेको आवाज आयो । सुचना पाउनासाथ महानगरी प्रहरी बृत्त कमलपोखरीका डिएसपी कुलदीप चन्दको टोली ‘फलोअफ’ निस्कीयो ।केहीसमयमा ५१ राउन्ड गोली सहित दुई भारतीय ‘सुटर’ पक्राउ परे । पक्राउ परेका भारत पञ्जावको लुधियाना घर भएका जसवन्त सिंह र देवेन्द्र सिंह ठूलै ‘आपराधिक घटना घटाउने उद्देश्यले नेपाल आएको समेत रहस्य खुल्यो ।कमलपोखरी स्थित हेरिटेज प्लाजा रेष्टुरेन्टमा बसेका उनीहरुले होटल मालिकलाई भनेर यौन सम्पर्कका लागि दुई युवतीसमेत मगाएको खुलासा भयो । युवती नआउन्जेलसम्म उनीहरु मदिरा पिउँदै थिए । तर, युवती आएपछि भने आफूहरुलाई नचाहिने बताएपछि विवाद शुरु भयो । होटल सञ्चालकसँगको विवादपछि उनीहरुले आफूसँग भएको पेस्तोल तेस्र्याए र, ‘ट्रिगर’ दबाए । बन्दुक पढ्केको आवाजले कमलपोखरी क्षेत्रमा सन्त्रास फैलियो । गोली हान्ने दुई भारतीय भाग्दै गर्दा डिएसपी चन्दको नेतृत्वको टोलीले कमलादीको गणेश मन्दिरबाट पक्राउ गर्न सफल भयो ।उनीहरुबाट चन्द नेतृत्वको टोलीले तीन म्यागेजिनमा लोड गरिएको ५१ राउन्ड गोली र दुई अटोमेटिक पेस्तोल सहित दुई सुटर पक्राउ परेपछि खबर सनसनी बनेको थियो ।वैतडीमा जन्मिएर प्रहरी सेवामा सक्रिय चन्द केही महिना अघि मात्रै कमलपोखरी वृतमा आएका थिए

Leave a Reply

Your email address will not be published. Required fields are marked *