११२ जना नयाँ डेंगुका बिरामी फेला,झापामा डेंगुका विरामी ३ सय ४१, एक महिलाको मृत्यु

झापा। मध्य तराई लगायत पूर्वि तराईमा डेंगुको संक्रमण बढ्दो छ । झापामा एक महिलाको मृत्यु भएको छ । अर्जुनधारा नगरपालिकाकी ३५ वर्षीया सुनिता बरालको उपचारका क्रममा मृत्यु भएको हो ।
जनस्वास्थ्य कार्यालयका महामारी रोग फोकल पर्सन कुलबहादुर पौडेलले समयमा उपचारको पहुँच पुग्न नसकेको कारण विरामीको मृत्यु भएको बताएका छन् ।जनस्वास्थ्य कार्यालयले तिहारअघि ८१ जना संक्रमित भेटिएकोमा अहिले संक्रमित हुनेको सङ्ख्या ३ सय ४१ जना पुगेको जानकारी गराएको छ । प्रकोप नियन्त्रणका लागि नगरपालिकाले पर्चा वितरण, माईकिङ, औषधि छिट्ने र बजार छेउछाउमा राखिएका पुराना टायर नष्ट गर्न थालेपनि डेंगुको संक्रमण घटेको छैन ।रुपन्देही  । रुपन्देहीमा मात्र १ सय १२ जनामा डेंगु रोगका बिरामी फेला परेका छन । उनिहरुले रुपन्देहीका सरकारी तथा निजी अस्पतालमा उपचार गराईरहेका छन् भने त्यो भन्दा तेब्बर काठमाडांै वाहिर नारायणघाट काठमाडौं उपचार गर्न गएको बताईएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार १ सय १२ जनामा डेंगु भएको पुष्टी गरेको छ । बुटवल, भैरहवा लगायतका सरकारी तथा निजी अस्पतालमा उनीहरुले उपचार गराईरहेका छन् । जनस्वास्थ कार्यालय रुपन्देहीले  मंसिर सम्म डेंगु रहनसक्ने  भएकोले सजन रहन आग्रह समेत गरेको छ । जिल्लाका सबै स्वास्थ्य संस्थामा डेंगुको परीक्षण गर्न किट उपलब्ध गराईसकेको र सबै निजी तथा सरकारी अस्पताल संग सहकार्य गरी बिरामीको उपचार भइरहेको जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख केयरसिंह गोदारले वताए ।  बुटवल उपमहानगरपालिका, सिद्धार्थ नगरपालिका लगायतका नगरपालिका भित्र खोज र नस्ट अभियान संञ्चालन गरेको छ भने अन्य नगरपालिकामा पनि यो अभियान चलाउने जनस्वास्थ्य प्रमुख गोदारले बताए ।अन्य क्षेत्रमा भन्दा बुटबल उपमहानगरपालिका का वडा नं ६,७,८ ,९,१०,११  बढी प्रभाबित रहेको  कारण २ दिन सम्म  महिला स्वयसेविका स्थानीय तथा जिल्ला जनस्वास्थ्य बुटवल नगरपालिकाको  समन्यमा खोज र नष्ट गरिएको  बुटवल उपमहनरपालिकाका स्वास्थ्य शाखा प्रमुख डा. रेमश केसीले बताए । ०६७÷०६८ सालदेखि रुपन्देही जिल्लामा डेंगु देखिएपछि जनस्वास्थ्य कार्यालय र उपमहानगरपालिकाले प्रत्येक बर्ष डेंगु नियन्त्रणको अभियान गर्दै आइरहेको केसीले बताए ।  अब पुनः टोल टोलमा खोज र नष्ट  अभियान संञ्चालन गर्ने बताए । लुम्बिनी अञ्चल अस्पतालमा  सूचना अधिकृत लक्ष्मीराज रेग्मीले अहिले रुपन्देहीमा १ सय  १२ जनामा  डेंगुदेखापरेको बताए । बुटबल तथा यस क्षेत्रमा उपचार गराई रहेका यति भएपनि  सुबिधा सम्पन्न अस्पतालमा रिफर भएका  ३ गुना बढी रहेको बताए ।०६७÷०६८ मा २ सय ९० जना डेगुबाट प्रभावित भएको र ४ जनाको मृत्यु भएपछि रुपन्देहीमा यसको अभियान सञ्चालन गरेको वताए। गत आर्थिक बर्षमा १  सय ६१ जनामा डेंगु फेलापरेको र २ जनाको  मृत्यु भएको वताए ।  यस बर्ष डेगुका बिरामी फेला परेका भएपनि अहिले सम्म मुत्यु नभएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *